नियम ७६
कबुलियती वन समूहको टाँचाको दर्ता र प्रयोग
(१) नियम ७३ बमोजिमको कबुलियती वन समूहले अनुसूची-२९ बमोजिमको ढाँचामा टाँचा बनाई डिभिजन वन कार्यालयमा दर्ता गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम डिभिजन वन कार्यालयले दर्ता भएका टाँचाको विवरण तयार गरी त्यस्तो विवरण निर्देशनालय र विभागमा समेत पठाउनु पर्नेछ।

(३) नियम ७३ बमोजिमको कबुलियती वन समूहले रुख छपान, ढुवानी तथा ओसारपसार र बिक्री वितरण गर्दा उपनियम (१) बमोजिमको टाँचा लगाउनु पर्नेछ।

(४) उपनियम (१) बमोजिमको कबुलियती/वन समूहको टाँचाको प्रयोग र सुरक्षाको जिम्मेवारी त्यस्तो .कबुलियती वन समूहको अध्यक्षको हुनेछ। कुनै कारणबाट (टाँचा हराएमा वा नोक्सान भएमा डिभिजन वन कार्यालयमा सोको तत्काल जानकारी दिई पुरानो टाँचा रद्द गराई नयाँ, टाँचा दर्ता गराई प्रयोग गर्नु पर्नेछ।

(५) उपनियम (४) बमोजिम रद्द गरेको पुरानो टाँचा र दर्ता गरेको नयाँ टाँचाको जानकारी. डिभिजन वन कार्यालयले विभाग, सबै प्रदेश अन्तर्गतका निर्देशनालय र सबै डिभिजन वन कार्यालयलाई दिनु पर्नेछ।